फागुन २०, बुधबार पोखरा — भोलि हुने चुनावका सन्दर्भमा देशभरको समग्र वातावरण शान्तिपूर्ण र व्यवस्थापकीय दृष्टिले सन्तोषजनक रहेको निष्कर्ष सार्वजनिक गरिएको छ । आमनिर्वाचन पर्यवेक्षण समिति जियोकले सार्वजनिक गरेको प्रतिवेदनमा मतदाता उत्साहित रहेको र चुनाव स्वच्छ, स्वतन्त्र तथा भयमुक्त रूपमा सम्पन्न हुने आधार तयार भएको उल्लेख गरिएको छ ।