सुनको भाउ एकैदिन ५ हजार ६०० रुपैयाँले बढ्यो, तोलाको ३ लाख २० हजार नाघ्यो


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

फागुन १७, आइतबार 
पोखरा– कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज एकैदिन तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको हो । भाउ बढेर सुन तोलाको ३ लाख २० हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ३ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अस्ति शुक्रवार सुनको भाउ तोलाको ३ लाख १४ हजार ९ सय रुपैयाँ रहको थियो । हिजो मध्यपूर्वका देशमा तनाव बढेसँगै त्यसको प्रभाव सुनचाँदीको भाउमा परेको हुन सक्ने व्यवसायीको अनुमान छ । आज चाँदीको भाउ तोलामा २ सय ४५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको ५ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रवार चाँदीको भाउ तोलाको ५ हजार ७ सय ४० रुपैयाँ रहेको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।