मुस्ताङको साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाईंदै


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फागुन १३,  बुधबार 
पोखरा– प्रतिनिधिसभा चुनावका लागि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ साङ्ता मतदान केन्द्र जाने ९मुस्ताङ–डोल्पा० सडकको हिउँ पन्छ्याउन शुरु गरिएको छ । हिमपातका कारण गएको कात्तिक १० गतेदेखि पूर्णरुपमा अवरुद्ध सडकमा गाडी सञ्चालनका लागि हिउँ पन्छ्याउन शुरू गरिएको वारागुङ मुक्तिक्षेत्र–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले बताउनुभयो ।
मुस्ताङ सदरमुकाम जोमसोमदेखि उत्तररपश्चिमतर्फ समुन्द्री सतहको चार हजार ५०० मिटरको उचाइमा अवस्थित साङ्ता गाउँ मुस्ताङको सबै भन्दापछि पत्ता लागेको गाउँ हो । साङ्ता गाउँमा ३९ जना मतदाता रहेका छन् । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।