होलीको दिन आज सुनको भाउ ५ हजार ५ सय रुपैयाँले बढ्यो


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फागुन १८,सोमबार 
पोखरा– होलीको दिन आज सुनको भाउ बढेको छ । सुन आज तोलामा एकैदिन ५ हजार ५ सय रुपैयाँले बढेर तोलाको ३ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख २० हजार रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ३५ रुपैयाँले बढेर तोलाको ६ हजार २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ९ सय ८५ रुपैयाँ थियो । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।