धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फागुन १९, मंगलबार 
पोखरा– धनुषाको निर्वाचन क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएको छ । बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेका कारण उहाँको उम्मेदवारी खारेज गरेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
साहविरुद्ध कालोसूचीमा परेको प्रमाणसहित आएको उजुरीका आधारमा उम्मेदवारी खारेज गरेको आयोगले जनाएको छ । अब त्यहाँ रास्वपाको चुनाव चिह्नमा परेको मत बदर हुनेछ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।