आज सुनको भाउ स्थिर, चाँदीको बढ्यो


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

फागुन १३,  बुधबार 
पोखरा – लगातार तीन दिन बढेको सुनको भाउ आज भने स्थिर छ । सुन आज हिजो जस्तै तोलाको ३ लाख १४ हजार ८ सय रुपैयाँ कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार, सोमबार र हिजो मंगलबार सुनको भाउ बढेको थियो । यस्तै आज चाँदीको भाउ भने तोलामा एक सय ३० रुपैयाँले बढेको छ । भाउ बढेर चाँदी आज तोलाको ५ हजार ७ सय १५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।हिजो चाँदीको भाउ तोलाको ५ हजार ५ सय ८५ रुपैयाँ थियो । चाँदीको भाउ हिजो पनि तोलामा एक सय ७० रुपैयाँले बढेको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।