युट्युब सेवा केही समयका लागि अवरुद्धः १६ लाखभन्दा धेरै प्रयोगकर्ताको गुनासो


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फागुन ६, बुधबार 
पोखराः 

विश्वकै लोकप्रिय भिडियो प्लेटफर्म युट्युब हिजो बेलुका विश्वभर केही समयका लागि अवरुद्ध भएको छ । सेवा अवरुद्ध भएपछि केहीबेरमै १६ लाख ८८ हजारभन्दा धेरै प्रयोगकर्ताले गुनासो टिपाएका छन् । डाउन डिटेक्टरका अनुसार समस्या अमेरिकी समय अनुसार हिजो बेलुकी ५ बजेदेखि शुरू भएको थियो र छोटो समयमै तीव्र रूपमा बढेको थियो ।

सबैभन्दा बढी असर न्युयोर्क, वासिङ्टन डीसी लस एन्जलस र सान फ्रान्सिस्को जस्ता ठूला शहरमा देखिएको थियो ।  युट्युबले आफ्नो सपोर्ट पेजमार्फत् जानकारी दिँदै सिफारिस प्रणालीमा आएको समस्याका कारण होमपेज, एप, युट्युब म्युजिक र युट्युब किड्समा भिडियो नदेखिएको जनाएको छ । कम्पनीका अनुसार होमपेज पुनः सञ्चालनमा आइसकेको छ भने पूर्ण समाधानका लागि पनि निरन्तर काम भैरहेको छ । नेपालसहित भारतमा आंशिक रुपमा चलिरहेको छ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।