वरिष्ठ कलाकार सुनिल थापाको निधन

नर्भिक अस्पतालमा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पोखरा ।

वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।  शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए । नेपाली चलचित्रमा ‘खलनायक’ को भूमिकालाई पनि नायक सरह चर्चा र सम्मान दिलाउन सफल थापा ‘राते काइँला’ को नामले चर्चित थिए। परिवारका अन्य सदस्यहरू भारतको मुम्बई बस्ने भएता पनि थापा शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।