वरिष्ठ अभिनेता थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि

अन्त्येष्टिअघि थापाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

माघ २५, आइतबार 
पोखरा  – दिवङ्गत वरिष्ठ अभिनेता सुनिल थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ । थापालाई छोरा अनमोलले दागबत्ती दिनुभएको छ ।
अन्त्येष्टिअघि थापाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरिएको थियो । त्यस्तै चलचित्र कलाकार सङ्घको झण्डासमेत ओढाइएको थियो । थापाको पार्थिव शरीर अन्त्येष्टिका लागि लैजानुअघि श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिएको थियो । त्यहाँ कलाकारिता क्षेत्रका सयौँ व्यक्तिहरू सहभागी थिए ।

थापाको हिजो बिहान ६८ वर्षको उमेरमा निधन भएको हो । नेपाली तथा भारतीय चलचित्र क्षेत्रमा सक्रिय थापाले एक सय ३८ भन्दा धेरै नेपाली चलचित्रमा अभिनय गर्नुभएको छ । नेपाली चलचित्रमा प्रायः खलनायकको भूमिकामा देखिने उहाँ ‘राते काइला’ नामबाट विशेष रूपमा परिचित हुनुहुन्छ । उहाँले भारतीय चलचित्रमा पनि काम गर्नुभएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।