विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब रेमिट्यान्स


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चैत २०, शुक्रबार 
पोखरा ।
चालू आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ बराबरको रेमिट्यान्स देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बैंकको विवरणअनुसार रेमिट्यान्स आप्रवाहमा ३७।७ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको यही अवधिमा रेमिट्यान्स आप्रवाह ९।५ प्रतिशतले बढेको थियो ।  गएको फागुनमा १ खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । 
अघिल्लो वर्षको यही महिनामा रेमिट्यान्स आप्रवाह १ खर्ब ५१ अर्ब १९ करोड रुपैयाँ बराबर थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ लिने नेपालीको सङ्ख्या २ लाख ७३ हजार ५३६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ५१ हजार ९८५ रहेको छ । 
 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।