टी–२० विश्वकपः उपाधिका लागि आज भारत र न्युजिल्यान्ड खेल्दै


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

फागुन २४,आइतबार 
पोखरा– आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र न्युजिल्यान्डले खेल्दैछन् । फाइनल खेल बेलुका सवा ७ बजे अहमदाबादमा शुरू हुनेछ । भारतले बिहीवार भएको सेमिफाइनलमा इंग्ल्याण्डलाई ७ रनले र न्युजिल्यान्डले पहिलो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ९ विकेटले हराएको थियो । घरेलु टोली भारत टी–२० विश्वकपको साविक विजेता टोली पनि हो । गएको माघ २४ गते अर्थात् फेब्रुअरी ७ तारिखदेखि भारत र श्रीलंकामा शुरु भएको प्रतियोगितामा २० टोली सहभागी थिए । नेपाल यो टी–२० विश्वकप क्रिकेटमा समूह चरणबाटै बाहिरिएको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।