त्रिशुली नदीमा बस खस्दा १७ जनाको घटनास्थलमै मृत्यु , २४ घाइते


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फागुन ११, सोमवार 
पोखरा । 
धादिङमा भएको बस दुर्घटनामा १७ जनाको मृत्यु र २४ घाइते भएको छ । गए राती करिब १स्३० बजे धादिङ, बेनिघाट रोराङ्ग गाउँ पालिका( ५ भैंसिगौडा स्थित पृथ्बी लोकमार्गमा पोखराबाट काठमाडौंतर्फ आउदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशुली नदीको किनारमा खसी दुर्घटना भएको हो।
उक्त स्थानमा उद्दारका लागि सशस्त्र प्रहरी बल नेपाल बिपद् व्यवस्थापन बेश आदमघाटबाट डिएसपी सुनिल गिरिको कमाण्डमा बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको टोली खटिएको।
प्राप्त विवरणका अनुसार मृत्यु भएका १७ जनाको शब घटना स्थलमानै रहेको छ भने घाइते २४ जनालाइ उद्दार गरेर विभिन्न अस्पताल लगिएको छ ।
घाइते तथा मृतकको सनाखत हुन बांकी छ । दुर्घटनाको कारण खुलेको छैन ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।