तोलामा ४८ सय घट्यो सुन


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चैत्र १, आईतवार 
पोखराः  नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार सुनको मूल्य तोलामा ४८ सय रुपैयाँले घटेको हो।
आजका लागि तोलाको तीन लाख नौ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ। गत शुक्रबार सुनको भाउ तीन लाख १४ हजार २०० रुपैयाँ थियो। 
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा २२५ रुपैयाँले घटेर पाँच हजार २७० रुपैयाँ कायम भएको छ।
 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।