तोलामा ४१ सयले बढ्यो नेपाली बजारमा सुन

चाँदी २ सय ४० रुपैयाँले बढेर तोलाको ५ हजार २ सय ५० रुपैयाँमा कारोबार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

माघ २६ , सोमवार 

पोखरा – सुनचाँदीको भाउ आज पनि बढेको छ । सुुन तोलामा ४ हजार १ सय रुपैयाँले बढेर तोलाको ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ५ सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ २ सय ४० रुपैयाँले बढेको छ । चाँदी २ सय ४० रुपैयाँले बढेर तोलाको ५ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार १० रुपैयाँ थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।