तोलामा ३ हजार २ सय रुपैयाँ बढ्यो सुन


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

११ फागुन,सोमवार 
पोखरा। 
सोमबार सुनको भाउ तोलामा ३ हजार २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ । चाँदीको भाउ तोलामा १ सय ७० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ५ हजार ५ सय ९५ रुपैयाँ पुगेको छ । यसअघि माघ १५ गते चाँदी प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेको रेकर्ड छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।