सुतली बम र सुँगुरको टाउकोसहित तीन जना पक्राउ


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फागुन २०, बुधवार 
पोखराः  पर्सामा ९ वटा सुतली बम र सुँगुरको टाउकोसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। चुनावको बेला हिंसा भड्काउने उद्देश्यले सुँगुरको टाउको र सुतली बम बोकेर हिँडेकाहरुलाई गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ।  प्रहरीका अनुसार उनीहरु सुँगुरको टाउको मस्जिदमा लगेर फ्याँक्ने तयारीका साथ हिँडेका थिए। उनीहरुले पसलबाट सुँगुरको टाउको किनेर दुई टुक्रा पारेर मस्जिदमा फ्याँक्ने भन्ने तयारी गरेका रहेछन्, सुरक्षा स्रोतले भन्यो, ‘धार्मिक सदभाव भड्काउने उनीहरुको उद्देश्य हामीले सफल हुन दिएनौं।’ प्रहरीका अनुसार उनीहरुको साथबाट नौ थाल सुतली बम, केही तारलगायतका सामग्री पनि बरामद भएको छ। 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।