सुनको भाउ आज तोलामा ५ हजार रुपैयाँले बढ्यो


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चैत १५, आइतबार 
पोखराः आज सुनचाँदीको भाउ बढेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ तोलामा ५ हजार रुपैयाँले बढेको हो । अस्ति शुक्रबार सुनको भाउ तोलामा ५ हजार ६०० रुपैयाँले घटेर तोलाको २ लाख ८१ हजार रुपैयाँमा कारोबार भएको थियो । आज भाउ बढेर तोलाको २ लाख ८६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ तोलामा ५० रुपैयाँले बढेर ४ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको भाउ तोलाको ४ हजार ६७० रुपैयाँ थि

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।