सुनको भाउ आज तोलामा ४ हजार ३०० रुपैयाँले बढ्यो


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फागुन ७, बिहीबार 
पोखरा– हिजो घटेको सुनचाँदीको भाउ आज बढेको छ । हिजो १ हजार ५ सय रुपैयाँले घटेको सुन आज एकैदिन तोलामा ४ हजार ३ सय रुपैयाँले बढेर तोलाको ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ४ सय रुपैयाँ थियो ।
यस्तै हिजो तोलामा ५ रुपैयाँले घटेको चाँदीको भाउ आज तोलामा १ सय ८० रुपैयाँले बढेर तोलाको ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ८ सय ८० रुपैयाँ थियो । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।