सुनको भाउ आज तोलामा ३ हजार रुपैयाँले घट्यो

तोलाको ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

फागुन १, शुक्रबार 
पोखरा – सुनको भाउ आज तोलामा ३ हजार रुपैयाँले घटेको छ । हिजो १ सय रुपैयाँले मात्रै घटेको सुनको भाउ आज ३ हजार रुपैयाँले घटेर तोलाको ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ६ हजार ५ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ तोलामा ३ सय ४० रुपैयाँले घटेको छ । चाँदी ३ सय ४० रुपैयाँले घटेर तोलाको ५ हजार रुपैयाँमा कारोबार भइरहेको महासघंले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ३ सय ४० रुपैयाँ थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।