सुनको भाउ आज तोलामा ३ हजार रुपैयाँले घट्यो


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फागुन ४,  सोमबार
पोखरा– हिजो बढेको सुनको भाउ आज तोलामा ३ हजार रुपैयाँले घटेको छ । सुन आज ३ हजार रुपैयाँले घटेर तोलाको ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ५ हजार ८ सय रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको ४ हजार ९ सय ८५ रुपैयाँ रहेको चाँदीको भाउ आज १ सय २५ रुपैयाँले घटेर तोलाको ४ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।