सुनको भाउ आज तोलामा १ हजार १०० रुपैयाँले बढ्यो


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

माघ २८,  बुधबार 

पोखरा – सुनको भाउ आज तोलामा १ हजार १ सय रुपैयाँले बढेको छ । भाउ बढेर सुन आज तोलाको ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ५ हजार ५ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी ५० रुपैयाँले बढेर तोलाको ५ हजार २ सय ९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार २ सय ४० रुपैयाँ थियो । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।