सुनको भाउ आज पनि घट्यो


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

फागुन ६,  बुधबार 
पोखरा– सुनको भाउ आज तोलामा १ हजार ५ सय रुपैयाँले घटेको छ । हिजो ९ सय रुपैयाँले घटेको सुन आज १ हजार ५ सय रुपैयाँले घटेर तोलाको ३ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको ३ लाख १ हजार ९ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी तोलाको ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।