सुनको भाउ आज एकैदिन तोलामा ११ हजार रुपैयाँले घट्यो


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

फागुन २०, बुधबार 
पोखरा— आज सुनको भाउ तोलामा ११ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ घटेर तोलामा ३ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजो सुनको भाउ तोलाको ३ लाख २८ हजार ६ सय रुपैयाँ थियो । त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ५ हजार ५ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ८ सय १५ रुपैयाँ रहेको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।