सुनको भाउ २ हजार रुपैयाँले घट्यो


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

फागुन २८, बिहीबार 
पोखरा – आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको छ । सुनको भाउ २ हजारले घटेर तोलाको ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हप्ताको पहिलो दिन आइतवार सुनको भाउ तोलको ३ लाख १६ हजार ९०० रुपैयाँ रहेको थियो । यस्तै सोमवार सुनको भाउ ३ हजार ७०० ले घटेकोमा अस्ति ३ हजार ८०० र हिजो २ हजार रुपैयाँले बढेको थियो । आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ २ सय ५ रुपैयाँले घटेर तोलाको ५ हजार ५१५ रुपैयाँमा झरेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।