सुनको भाउ २ हजार रुपैयाँले बढ्यो


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

फागुन २७,  बुधबार 
पोखरा – आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेको छ । सुनको भाउ २ हजारले बढेर तोलाको ३ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हप्ताको पहिलो दिन आइतवार सुनको भाउ तोलको ३ लाख १६ हजार ४०० रुपैयाँ रहेको थियो । यस्तै सोमवार सुनको भाउ ३ हजार ७०० ले घटेकोमा हिजो ३ हजार ८०० रुपैयाँले बढेको थियो ।  आज चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी हिजो जस्तै आज पनि तोलामा ५ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।