सुन तोलाको साढे ९ हजारले घट्यो

प्रतितोला २ लाख ९५ हजार २०० र चाँदी ४ हजार ९ सय ८० रुपैयाँ तोकेको छ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:


नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ। आज सुन तोलामा ९ हजार ५०० र चाँदी ६२० रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार २०० र चाँदी ४ हजार ९ सय ८० रुपैयाँ तोकेको छ। 

हिजो बु्धबार सुन प्रतितोला ३ लाख ४ हजार ७०० र चाँदी ५ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो। यसैगरी मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ३०० र चाँदी ५ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।