सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चैत १८,  बुधबार 
पोखरा । 
सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले आजदेखि कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाउनुभएको छ ।प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण अवकाश भएसँगै वरिष्ठतम् न्यायाधीश मल्लले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नुभएको हो । नेपालको संविधानको धारा १२९९९० मा प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने उल्लेख छ । न्यायपरिषदले अघिल्लो महिना मल्लसहित ६ जना न्यायाधीशको सूची संवैधानिक परिषदमा पठाएको थियो । मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाल, डाः मनोजकुमार शर्मा, डा। नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सूचीमा समावेश छ । 
संसदीय सुनुवाइ विशेष समितिमा संसदीय सुनुवाइबाट अनुमोदन भएपछि मात्रै प्रस्तावित प्रधानन्यायाधीशले राष्ट्रपतिबाट नियुक्ति पाउँछन् । तर प्रतिनिधिसभा विघटन भएसँगै संवैधानिक परिषद् निष्कृय छ । अब प्रतिनिधिसभाले सभामुख, उपसभामुख चयन गरेर प्रमुख विपक्षी दलको नेता टुंगो लागेपछि मात्रै संवैधानिक परिषद्ले पूर्णता पाउँछ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।