संसदमा बादलको अभिव्यक्तिप्रति एमालेकै नेताहरूको आपत्ति


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चैत १९,शुक्रबार

पोखरा – नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले हिजो प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्तिप्रति एमालेकै नेताहरुले आपत्ति जनाएका छन् । बादलको अभिव्यक्ति पार्टीकोे स्थापित नीति र मान्यताविपरीत भएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । उपाध्यक्ष विष्णु पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत बादलको अभिव्यक्तिमाथि टिप्पणी गर्दै आज बस्ने पार्टी केन्द्रीय सचिवालय बैठकमा यसबारे गम्भीरतापूर्वक छलफल हुने बताउनुभएको छ । 

उपमहासचिव योगेश भट्टराईले पनि बादलको अभिव्यक्तिप्रति लक्षित गर्दै नेपाली सेना लगायत सुरक्षा अंगहरू, न्यायालय लगायतका संवैधानिक अंगहरू र कर्मचारीतन्त्रप्रति एमालेको कुनै वैरभाव नरहेको स्पष्ट पार्नुभएको छ । यी संस्थाप्रति एमालेको सम्मान र विश्वास रहिरहने भट्टराईको भनाइ छ । एमाले संसदीय दल नेता बादलले हिजोको संसद बैठकमा नेपाली सेना, कर्मचारीतन्त्र ९ब्युरोक्रेसी०, सुशीला कार्की नेतृत्वको सरकार, गौरीबहादुर कार्की नेतृत्वको जाँझबुझ आयोग, बारबरा फाउन्डेसन, एनजिओ लगायत संस्था तथा पात्रहरूको भूमिकाका कारण रास्वपाले अभूतपूर्व जित हासिल गरेको भन्दै विवादास्पद अभिव्यक्ति दिनुभएको थियो । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।