समानुपातिकतर्फ १ करोड २ लाख मत गन्दा कसलाई कति ?


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फागुन २५, मंगलबार 
पोखरा– प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत समानुपातिकतर्फ अहिलेसम्म १ करोड २ लाख २७ हजार ८७२ मतगणना भएको छ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले सबैभन्दा धेरै ४८ प्रतिशत अर्थात् ४९ लाख १५ हजार ३३० मत प्राप्त गरेको छ ।
यस्तै नेपाली कांग्रेसले १६ लाख ६४ हजार १८२, नेकपा एमालेले १३ लाख ८२ हजार ९२५, नेपाली कम्युनिस्ट पार्टी नेकपाले ७ लाख ४७ हजार ३०२, श्रम संस्कृति पार्टीले ३ लाख ४५ हजार ९९८, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ३ लाख २१ हजार ७७१ मत प्राप्त गरेको छ ।

यो परिणामअनुसार रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले ३ प्रतिशत थ्रेसहोल्ड पूरा गरेका छन् ।
 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।