समानुपातिकमा रास्वपाले ५० लाख मत कटायो


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फागुन २६,  मंगलबार 
पोखरा– प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ५० लाख मत कटाएको छ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार अहिलेसम्म १ करोड ४ लाख १९ हजार २३४ मतगणना हुँदा रास्वपाले ५० लाख ५२ मत प्राप्त गरेको छ । २ लाख २७ हजार ८७२ मतगणना भएको छ ।
यस्तै नेपाली कांग्रेसले १६ लाख ९२ हजार ७८६, नेकपा एमालेले १४ लाख ११ हजार ४२९, नेपाली कम्युनिस्ट पार्टी नेकपाले ६ लाख ६६ हजार ८७५, श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४१५, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ३ लाख २४ हजार ८८१ मत प्राप्त गरेको छ ।

यो परिणामअनुसार रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले ३ प्रतिशत थ्रेसहोल्ड पूरा गरेका छन् ।प्रतिनिधिसभा चुनावमा झन्डै १ करोड १० लाख मत खसेको थियो । आयोगले आज बेलुकासम्म समानुपातिकतर्फको सबै मत गनिसक्ने जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।