फागुन २४, सोमबार
पोखरा – प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिकतर्फ ७५ लाखभन्दा धेरै मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले झन्डै आधा मत पाएको छ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार समानुपातिकतर्फ ७६ लाख १२ हजार ७६२ मतगणना भएको छ । यसमध्ये रास्वपाले साढे ४८ प्रतिशत अर्थात् ३६ लाख ४४ हजार ४०२ मत मत पाएको छ । यसैगरी नेपाली कांग्रेसले १२ लाख २८ हजार ९२५, नेकपा एमालेले १० लाख ३८ हजार ३३५ र नेपाली कम्युनिस्ट पार्टी नेकपाले ५ लाख ३३ हजार ७०३ मत पाएका छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले २ लाख ५६ हजार ८३८ मत ल्याउँदा श्रम संस्कृति पार्टीले २ लाख ३९ हजार १० र जनता समाजवादी पार्टी जसपा नेपालले १ लाख ८ हजार १३२ मत ल्याएका छन् । प्रतिनिधिसभा चुनावमा झन्डै १ करोड १० लाख मत खसेको थियो ।