स्कुटर चालकको मृत्यु भएपछि अवरुद्ध भएको राजमार्ग सञ्चालन


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

६ फागुन, पोखरा । 
टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि अवरुद्ध भएको बनेपास्थित अरनिको राजमार्ग सञ्चालनमा आएको छ । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर राजमार्ग सञ्चालनमा ल्याइएको हो । बनेपाको दूरसञ्चार कार्यालय नजिकै भएको दुर्घटनापछि स्कुटर चालक धुलिखेल नगरपालिका ५ का ३१ वर्षीय ओमन प्रधानको मृत्यु भएको थियो । ओमनको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका थिए ।

बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२०६३ प ९१८९ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिएको थियो ।
घटनापछि बनेपा क्षेत्र तनावग्रस्त बनेको थियो । आक्रोशित स्थानीयले ठक्कर दिने टिपर जलाएका छन् । स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीका एसपी कोमल शाह र सशस्त्र प्रहरीका एसपी माधव रेग्मी नेतृत्वमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका थिए ।
अहिले सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएका छन् । प्रदर्शनकारीले टिपर जलाउन खोज्दा प्रहरीले अश्रु ग्याँस पनि प्रहार गरेको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।