साफ यु–२० च्याम्पियनसिपमा नेपालको विजयी शुरुआत


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चैत १०, मंगलबार 
पोखरा  – नेपालले साफ २० वर्षमूनीको च्याम्पियनसिपमा विजयी शुरुआत गरेको छ । माल्दिभ्सको मालेमा हिजोदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानलाई २–१ ले हरायो ।  भुटानसँगको खेलमा नेपालका लागि सुजन डंगोल र सुवास बमले गोल गरे । भुटानका लागि ढेन्डुप गेल्टशेनले एक गोल फर्काए । खेलको १४औं मिनेटमा थिन्ले एजर दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि भुटान १० खेलाडीमा सीमित भयो । जितसँगै नेपालले प्रतियोगितामा ३ अंक जोडेको छ । 
नेपाल समूह ‘ए’ मा आयोजक माल्दिभ्स, भुटान र श्रीलंकासँग रहेको छ भने अर्को समूहमा भारत, पाकिस्तान र बंगलादेश छन् । राउन्ड रोबिन लिगपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । नेपालले अब आफ्नो दोस्रो खेल बुधबार श्रीलंकासँग खेल्नेछ । 
 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।