रवि र बालेनलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फागुन २६,मंगलबार 
पोखरा – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी  रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालेनलाई बधाई तथा शुभकामना दिनुभएको छ ।
प्रधानमन्त्री मोदीले हिजो उहाँहरूसँग टेलिफोन संवाद गरी नेपालको चुनावमा प्राप्त उहाँहरूको विजय तथा रास्वपाको उल्लेखनीय सफलताका लागि दुवै नेताहरूलाई बधाई दिनुभएको सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभएको छ । साथै मोदीले आउँदो नयाँ सरकार गठनका लागि शुभकामना व्यक्त गर्दै भारत नेपालसँग आपसी समृद्धि, प्रगति र दुवै देशका नागरिकको हितका लागि सहकार्य गर्न प्रतिबद्ध रहेको सन्देश पनि दिनुभएको छ ।
प्रधानमन्त्री मोदीले दुवै देशको संयुक्त प्रयासबाट आउँदा वर्षहरूमा नेपाल–भारत सम्बन्ध अझ नयाँ उचाइमा पुग्नेमा विश्वास व्यक्त गर्नुभएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।