रवि लामिछानेको चुनाव खर्च झन्डै १० लाख रुपैयाँ


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फागुन २७, बुधबार 
पोखरा– गएको बिहीवार भएको प्रतिनिधिसभा सदस्य चुनावमा चितवन क्षेत्र नम्बर–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च पेश गर्नुभएको छ ।
निर्वाचन आयोगको कार्यालय चितवनमा लामिछानेले पेश गरेको चुनावी खर्च ९ लाख ८९ हजार ९८६ रुपैयाँ रहेको छ । मनोनयन दर्तामा १० हजार, नमूना मतपत्र सामाग्री छपाइमा ६८ हजार १६१, यातायात तथा इन्धन खर्च २ लाख ९५ हजार, मतदाता प्रशिक्षण तथा खाजा खर्च दुई दिनको १४ हजार २०० रुपैयाँसहित झन्डै १० लाख रुपैयाँ खर्च भएको उल्लेख छ ।
लामिछाने ५४ हजार ४०२ मत ल्याएर विजयी हुनुभएको हो । यसअघि झापा–५ बाट विजयी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले चुनाव अभियानका क्रममा १४ लाख १४ हजार ७२९ रुपैयाँ खर्च भएको विवरण पेश गरिसक्नुभएको छ । यसैगरी अरू केही उम्मेदवारले पनि आफ्नो चुनावी खर्च सम्बन्धित निर्वाचन आयोगको कार्यालयमा बुझाइसक्नुभएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।