रुकुम पूर्वबाट प्रचण्ड विजयी


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फागुन २२, शुक्रबार 
पोखरा– प्रतिनिधिसभा सदस्य चुनावमा रुकुम पूर्वबाट नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी हुनुभएको छ । आज सम्पन्न भएको मतगणनामा प्रचण्ड ६ हजार ७७८ मतान्तरले विजयी हुनुभयो । प्रचण्डले १० हजार २४० मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत, नेपाली कांग्रेसकी कुसुमदेवी थापाले ३ हजार ८१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिनुभयो । रुकुम पूर्वमा ३४ हजार ७ सय ७२ मतदाता रहेकामा १९ हजार १८८ मत खसेको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।