रास्वपा वरिष्ठ नेता बालेन्द्र साहद्वारा काठमाडौंबाट मतदान


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पोखरा । 
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले मतदान गर्नुभएको छ । बिहीवार सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो । प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा–५ बाट उम्मेदवारी दिएपनि उहाँको मतदाता नामावली काठमाडौंमै छ । रास्वपाले बालेनलाई आगामी प्रधानमन्त्रीको रुपमा अघि सारेको छ । बालेन पहिलो पटक प्रतिनिधि सभाको चुनावमा प्रतिष्पर्धा गर्दै हुनुहुन्छ । 
 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।