रास्वपा उमेदवारलाई सहकारी पीडितले दिए विद्यालयको बिल


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फागुन १०, आईतवार 
पोखरा । 
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले सहकारीको रकम दुरुपयोग गरेको आरोप लगाउँदै सहकारी पिडीतले पोखरामा रास्वपा उमेदवारलाई विद्यालयको विल बुझाएका छन् ।पोखरामा शनिबार आयोजित उम्मेद्वारसँगको संवाद कार्यक्रममा सूर्यदर्शन सहकारीका बचतकर्ता कृष्णप्रसाद जैसीले कास्की निर्वाचन क्षेत्र नम्बर ३ की रास्वपा उम्मेदवार बिना गुरुङलाई आफ्नो छोराको विद्यालयको बिल थमाउनु भएको हो ।
आफ्नो बचत हिनामिना हुँदा विद्यालयको विल तिर्न नसकेको भन्दै उहाँले रास्वपा उम्मेदवारलाई बिल बुझाएको जिकिर गर्नुभयो । जैसीले रास्वपा उमेदवार गुरुङ्गलाई विद्यालयको ८० हजार रुपैयाँको बिल दिनुभएको थियो । आफ्नो छोराले वार्षिक परीक्षा नै दिन नपाउने अवस्था रहेको जैसीको दावी थियो । उम्मेदवार गुरुङले भने पार्टी सभापति रवि लामिछानेलाई उक्त बिल बुझाउने प्रतिबद्धता जनाउनुभएको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।