रामेछापको लिलौटीबाट बस तामाकोशी नदीमा खस्योः ४ जनाको शव भेटियो


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

माघ २७,  मंगलबार 
पोखरा – काठमाण्डौबाट ओखलढुङ्गाका लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ । रामेछापको मन्थली नगरपालिका–६ लिलौटीबाट बस तामाकोशी नदीमा खसेको हो । डुबेको बसमा रहेकामध्ये अहिलेसम्म चार जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिमिल्सिना बताउनुभयो । अरनिको यातायातको प्रदेश ३ ०१–००५–९९७५ नम्बरको बस दुर्घटना भएको हो ।

बसमा १३ जना रहेकोमा उद्धार गरिएकामध्ये ६ जना घाइतेलाई थप उपचारका लागि खुर्कोट र मन्थलीमा पठाइएको छ । बस नदीमा डुबेको र उद्धार कार्य भइरहेकाले थप विवरण आउन बाँकी छ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।