प्रतिनिधिसभामा सीमान्तकृत समुदायको प्रतिनिधित्व कमजोर


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

फागुन २८, बिहीबार 
पोखरा – प्रतिनिधिसभामा सीमान्तकृत समुदायको उपस्थिति अपेक्षाकृत रूपमा कमजोर देखिएको छ । प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फ १६५ सिटमध्ये जम्मा १४ जना ९८.४८ प्रतिशत मात्रै सीमान्तकृत समुदायका उम्मेदवार निर्वाचित भएका छन् । त्यस्तै आदिवासी जनजाति २६ जना ९१५.७६ प्रतिशत,  मधेशी २८ जना ९१६.९७ प्रतिशत, थारू पाँच जना ९३.०३ प्रतिशत, मुस्लिम चार जना ९२.४२ प्रतिशत र दलित एक जना ९०.६१ प्रतिशत मात्र निर्वाचित भएका छन् ।
सीमान्तकृत समुदायभित्र पनि झन्डै १३.४ प्रतिशत जनसङ्ख्या भएको दलित समुदायको प्रतिनिधित्व झन् कमजोर देखिन्छ । समानुपातिकतर्फ दलहरूले पाएको मतका आधारमा दलित क्लस्टरबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट सात महिला र दुई पुरुष गरी नौ जना, नेपाली कांग्रेसबाट दुई महिला र एक पुरुष, नेकपा एमालेबाट एक महिला तथा नेकपाबाट एक महिला गरी जम्मा १४ जना प्रतिनिधिसभामा आउने देखिन्छ ।

यो सङ्ख्या प्रतिनिधिसभाको कुल सदस्यको झन्डै ५ प्रतिशत मात्र हो । अघिल्लो संसद् र संविधानसभाका तथ्याङ्क हेर्दा दलित समुदायको प्रतिनिधित्व क्रमशः घट्दै गएको देखिन्छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।