प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले लिए शपथ

निर्वाचित २ सय ७४ जना सांसदले भने भोलि शपथ लिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चैत्र ११, बुधवार 
पोखरा ।  प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनियताको शपथ ग्रहण लिनुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा बुधबार आयोजित एक समारोहकाबीच उहाँलाई शपथ ग्रहण गराउनुभएको हो । खुवाउनुभएको हो । सोही समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरु र सांसदहरु लगायत नेपालका सरकारका विशिष्ट तहका कर्मचारीहरुको समेत सहभागिता रहेको थियो । गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक निर्वाचन प्रणालीबाट केसी निर्वाचित हुनुभएको थियो । उहाँ ७८ वर्षको हुनुहुन्छ ।
राष्ट्रपतिबाट शपथ लिनुभएका केसीले ज्येष्ठ सदस्यको हैसियतले बिहीबार प्रतिनिधिसभाका २ सय ७४ जना सदस्यहरुलाई शपथ ग्रहण गराउनुहुने भएको हो । सभामुख निर्वाचित नभएसम्म प्रतिनिधिसभामा ज्येष्ठ सदस्यको हैसियतले केसीले नै बैठकको अध्यक्षता गर्नुहुनेछ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० जनागरी जम्मा २ सय ७५ जना सांसदहरु निर्वाचित भएका हुन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।