प्रतिबन्धित अनलाइन सट्टेबाजी साइट तथा प्लेटफर्म सञ्चालन नगर्न प्रहरीको चेतावनी


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चैत २०, शुक्रबार 
पोखरा । 
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले प्रतिबन्धित अनलाइन सट्टेबाजी साइट तथा प्लेटफर्म सञ्चालन गरी कारोबार नगर्न तथा नगराउन पुनः सचेत गराएको छ । सरकारले यसअघि नै अनलाइन सट्टेबाजी अनलाइन तथा प्लेटफर्म बन्द गरिसकेको छ । ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार गैरकानुनी क्रियाकलाप नगर्न तथा नगराउन सबैमा अनुरोध गरिएको छ । 
त्यस्तो गरिएको पाइए उपकरणसमेत जपथ हुने ब्यूरोले जनाएको छ । बन्द गरिएका कुनै पनि सट्टेबाजी अनलाइन एप वा प्लेटफर्ममा कुनै पनि कारोबार नगर्न तथा नगराउन, कहीँकतै त्यस्तो गरेको पाइए जानकारी गराउन ब्यूरोले अनुरोध पनि गरेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।