पर्सि बिहीबारदेखि संसद अधिवेशन शुरु हुने


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चैत १६,  मंगलबार 
पोखराः  संघीय संसद्को अधिवेशन पर्सि बिहीबारदेखि शुरु हुने भएको छ । मन्त्रिपरिषद्ले गरेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले पर्सि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बिहीबार दिउँसो २ बजेका लागि आह्वान गरिएको छ ।
फागुन २१ को चुनावबाट प्रतिनिधिसभा गठन भएपछि पहिलो पटक संसद् अधिवेशन बस्न लागेको हो । संसदको पहिलो अधिवेशनमा प्रतिनिधिसभामा सभामुख र उपसभामुखको चुनाव हुनेछ । प्रतिनिधिसभाको पहिलो बैठक शुरु भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट सभामुख र उपसभामुखको चुनाव गर्नुपर्छ । प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने र फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।