पर्साको चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फागुन २४, आइतबार 
पोखरा – प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्साका चार वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी  रास्वपाका उम्मेदवार फराकिलो मतान्तरले  निर्वाचित हुनुभएको छ ।  निर्वाचन क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार बुद्धिप्रसाद पन्तले २७ हजार २७४ मत ल्याएर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँले नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार प्रदीप यादवभन्दा १४ हजार २४४ मत बढी प्राप्त गर्नुभएको हो । 
निर्वाचन क्षेत्र नं २ मा रास्वपाका सुशीलकुमार कानुले ३० हजार ७४० मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार चौरसियाले ११ हजार ८९० मत ल्याउनुभएको छ । निर्वाचन क्षेत्र नं ३ मा रास्वपाका रामाकान्त चौरसिया २९ हजार ६७९ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीले १६ हजार ३६६ मत ल्याउनुभयो ।  क्षेत्र नं ४ मा रास्वपाका टेकबहादुर शाक्यले २८ हजार छ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले १२ हजार ५३३ मत प्राप्त गर्नुभयो । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।