प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चैत १९,  बिहीबार 
 पोखरा । 
बालेन्द्र शाह बालेन नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकोमा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री शाहलाई सन्देशमार्फत रूसी प्रधानमन्त्रीले रूसको सङ्घीय सरकार तथा व्यक्तिगत रूपमा बधाई ज्ञापन गर्नुभएको हो । सन्देशमा उहाँले प्रधानमन्त्री शाह नेतृत्वको सरकारसँग रूस–नेपाल सम्बन्ध विस्तार, मित्रता, आपसी सम्मान र पारस्परिक हित संरक्षणको भावना अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ । 
साथै प्रधानमन्त्री मिशुस्टिनले सरकारी तहमा हुने रचनात्मक सहकार्यले व्यापार, आर्थिक, लगानी, सांस्कृतिक तथा मानवीय सहयोग विस्तारमा टेवा पुग्ने उल्लेख गरेको नेपालमा रहेको रूसी राजदूतावासले जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।