प्रधानमन्त्री कप क्रिकेट चैत ७ गतेदेखि, जय ट्रफीको फाइनल चैत ३ देखि ५ गतेसम्म


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फागुन २६,  मंगलबार 
पोखरा– प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता आउँदो चैत ७ गतेदेखि शुरू हुने भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले सार्वजनिक गरेको तालिकाअनुसार प्रतियोगिता काठमाण्डौको त्रिवि मैदान र मूलपानी तथा धनुषाको जनकपुर र पर्सामा हुनेछ । प्रधानमन्त्री कप क्रिकेट आउँदो वैशाख ४ गतेसम्म चल्नेछ ।

यसैबीच जय ट्रफी क्रिकेटको फाइनल खेल आउँदो चैत ३ देखि ५ गतेसम्म माथिल्लो मूलपानी मैदानमा हुने भएको छ । प्रतिनिधिसभा सदस्य चुनाव र आईसीसी विश्वकप क्रिकेट ‘लिग–टू’ का कारण जय ट्रफीको फाइनल यसअघि चैत २१ देखि २३ गतेसम्म तय भएको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।