प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको पूजा आराधना


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चैत्र ४, बुधवार 
पोखरा । 
प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गर्नुभएको छ ।निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप उक्त पूजा गर्नुभएको हो । मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै उहाँले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर होस् भनी कामना पनि गर्नुभयो ।
 मुलुकभर सबै नेपालीबीच एकता, सद्भाव र आत्मीयताको भावना बलियो बन्दै जाओस् भनी उहाँले पुकार पनि गर्नुभयो । संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, कार्यकारी निर्देशक सुवास जोशीलगायत पनि सरिक हुनुहुन्थ्यो । 
 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।