पोखरामा निर्माणाधीन सेती पुलको निर्माण कार्य ५७ प्रतिशत सकियो


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ


फागुन २८, बिहीबार 
पोखरा– कास्कीको पोखरामा निर्माणाधीन अत्याधुनिक प्रविधिको सेती पुलको निर्माण कार्य ५७ प्रतिशत सकिएको छ । मुग्लिङ–पोखरा सडक विस्तार योजना अन्तर्गत बन्दै गरेको यो पुल नेपालकै पहिलो ‘एक्स्ट्रा डोज केबल स्टे’ प्रविधिको नमूना पुल हो । एशियाली विकास बैंक एडीबीका आयोजना निर्देशक चुडाराज ढकालकाअनुसार यो पुलको डिजाइन कैलालीको चिसापानीमा रहेको कर्णाली पुलको संरचनासँग मिल्दोजुल्दो छ । तर कर्णाली पुलमा बीचमा एउटा मात्र टावर छ भने यसमा दुईवटा टावर रहेका छन् । 
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडान सुरक्षालाई ध्यानमा राख्दै  पुलको टावरको उचाई १२ मिटर मात्र राखिएको छ । सामान्यतया यस्ता पुलका टावर २० देखि ३० मिटर अग्ला हुने भए पनि उचाइ कम गर्नुपरेकाले ‘एक्स्ट्रा डोज’ प्रविधि अपनाइएको हो ।१ अर्ब ७ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको यस आयोजनामा अहिलेको पुरानो पुलको दायाँ र बायाँ एक सय ९० मिटर लम्बाईका दुईवटा छुट्टाछुट्टै पुल बन्दैछन् । आउँदो बैशाख २१ गतेसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने समय भएपनि समयमा सम्पन गर्न भने कठिन रहेको ढकालले बताउनुभयो ।     
 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।