पोखरामा दुई सातापछि फोहर उठाउन सुरु

महानगरको आग्रह– सार्वजनिक स्थानमा फोहर नफाल्नू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

फागुन १, शुक्रबार 

पोखराः पर्यटकीय राजधानी पोखरामा दुई सातादेखि उठ्न नसकेको फोहर उठाउन सुरु गरिएको छ। हिजो साँझदेखि उठाउन थालिएको हो। बजार क्षेत्रको सडक छेउ र चोकहरूमा थुप्रिएका फोहर लामो समयदेखि नउठ्दा पोखरा दुर्गन्धित बनेको छ। पोखरा–३२ लामेआहालमा रहेको अस्थायी फोहर व्यवस्थापन केन्द्र भरिएपछि फोहर उठ्न नसकेको हो। 

फोहर व्यवस्थापनका लागि महानगरले विभिन्न स्थानमा जमिन खोजी गरे पनि सफल भएको थिएन। सडक किनार, चोक, बिजुलीका पोलको वरिपरिमात्र नभई मुख्य सडकमै फोहर थुप्रो लागेपछि बजारमा दुर्गन्धसमेत फैलिन थालेको हो। महानगर प्रमुख धनराज आचार्यले हिजो साँझदेखि क्रमशः फोहर सङ्कलन गर्ने गाडी सञ्चालनमा आएको जानकारी दिनुभयो ।  उहाँले सार्वजनिक बाटो तथा खुला स्थानमा फोहर विर्सजन नगर्नसमेत आग्रह गर्नुभएको छ ।  

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।