पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात तथा तराईमा हावाहुरीको सम्भावना


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चैत २०, शुक्रबार 
पोखरा । 
काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा यतिबेला घाम लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका हिमाली भागका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा सामान्य बदली रहनेछ भने अरु ठाउँमा आंशिक बदली हुनेछ । 
गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका केही ठाउँ तथा अरु प्रदेशका हिमाली र पहाडी क्षेत्रका एकरदुई ठाउँमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो तराईका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना छ । 
त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्नेछ । साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने तथा अरु प्रदेशका पहाडी र हिमाली क्षेत्रका एकरदुई ठाउँमा हल्का वर्षा वा हिमपात हुने पूर्वानुमान छ । मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रका केही ठाउँमा हावाहुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । 
  

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई pokharanewsnetwork@gmail.com मा पठाउनु होला । धन्यवाद ।